ट्रेन्डीङ्ग

प्रथम बिदुसा एकल नृत्य प्रतियोगिताको मेघा राउन्ड सम्पन्न, उत्कृष्ट नृत्य अवार्ड दिपशिखा मल्ललाई

संगीता पाठक (सन्ध्या)
१७ माघ, बाँके । प्रथम बिदुसा एकल नृत्य प्रतियोगिता २०७७”को मेघा राउन्ड सम्पन्न भएको छ । विदुशा डान्स स्टुडियो नेपालगन्जको आयोजनामा उक्त प्रतियोगिताको पहिलो राउन्ड अर्थात मेघा राउन्ड सम्पन्न भएको हो ।

के एल दुगड ग्रुपको मुख्य प्रायोजन तथा शदाब एण्ड कम्पनी सुर्खेत रोड नेपालगन्ज, निम्बल कलेज नेपालगन्जको सह प्रायोजनमा सिएसटी होटेल नेपालगन्जको हलमा उक्त प्रतियोगिताको मेघा राउन्ड सम्पन्न भएको हो । त्यस्तै मिडिया पार्ट्नर नाईल खबर अन्लाईन रहेको छ ।

मेघा राउन्डको निर्णायकमा सन्तोष सोती मगर, निशा शाही, विजय कुवरथोकी हुनुहुनथ्यो ।

मेघा राउन्डमा पाँच जना उत्कृष्ट नृतकको घेरामा रहेका थिए । जसमध्ये उत्कृष्ट नृत्य एवार्ड दिप शिखा मल्लले जित्न सफल भएकी छन । उनलाई कप, टिका सहित सम्मानित गरिएको थियो ।

५३ जना सहभागी प्रतिस्पर्धी मध्ये ४१ जनालाई मात्र अगामी प्रतियोगिताका लागि छनोट गरिएको छ भने १२ जनालाई मेघा राउन्डबाटै बिदाई गरिएको निर्णायक निशा शाहीले जानकारी दिनुभयो । शुक्रवार भएको अडिसनबाट ६० जना प्रतिस्पर्धीलाई मेघा राउन्डका लागी चयन गरिएको थियो ।

प्रतियोगिताको फाईनल राउन्डमा प्रथम स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई रु ५०,००० दोश्रोलाई ३०,००० र तेस्रोलाई १०,००० धनराशि, कप सहित पुरस्कृत गरिने नृत्य निर्देशक भरत शाहीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी के एल दुगड ग्रुपका प्रबन्धक प्रदिप कुमार छाजेर, विशिष्ट अतिथी निम्बल कलेज नेपालगन्जका डि एम राजन बहादुर राना मगर, शदाब एण्ड कम्पनीका प्रबन्धक निर्देशक कमरुदिन राई, अतिथी राकेश गुरुङ लगायत प्रतिस्पर्धाहरुला अभिभावक लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रम नेपालगन्जकि पत्रकार करुणा शाहले संचालन गरेकी थिईन।

त्यस्तै अब माघ २४ गते कोरियोग्राफी राउन्ड हुनेभएको आयोजकले जनाएको हो । कोरियोग्राफी राउन्ड पनि सि एस टी होटेलमा शनिबार बिहान ११ बजे हुने शाहीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?