ट्रेन्डीङ्ग

पत्रकार विधार्थी संगठन कपिलवस्तुको प्रथम भेला सम्पन्न

माघ १७ कपिलवस्तु ।
पत्रकार बिद्यार्थि संगठन कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।राधा पाण्डेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा अनिता क्षेत्रि,सचिव अनिश बन्जाडे,सह-सचिब सिर्जना आचार्य ,कोषाध्यक्ष बिमला बि सि त्यस्तैगरि सदस्यहरु पवनराज पान्डे,नवराज बेल्बासे,मनिशा पौडेल,मनिषा भुसाललाइ चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले संगठनले विशेष गरी उत्पीडनमा परेका पत्रकारिता पढिरहेका,पत्रकारिता गर्दै गर्दा विभिन्न मिडियामा कार्यरत संचारकर्मि र जिज्ञासु पत्रकार बिद्यार्थिहरुको हक हितका लागि काम गरि सो कार्यमा सक्रियताका साथ लागि पर्ने धारणा राख्दै नवनिर्वाचित पदाधिकारीहरुलाइ बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

संगठनका केन्द्रिय अध्यक्ष गैरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला अध्यक्ष राधा पाण्डेले अध्यक्षतामा गर्नु भएको थियो भने सिर्जना आचार्यको स्वागत सगै अनिश बन्जाडेले संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?