
बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट १२ दबिलामा लागुपदार्थ न्युनिकरण सम्बन्धि सचेतनामुलक सड्क नाटक प्रदर्शनी गरियको छ।
श्रीकृष्ण जन्माष्टमिको अवसरपारी जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट-१२ भटौलियाका किशोरी नेतृत्व उपसमितिका ट्याग किशोरीहरुको आयोजनामा सो सडक नाटक प्रदर्शनी भएको हो।
पछिल्लो समय लागुऔषध दुर्ब्यसनिले अहिले समाजमा लागुपदार्थ सेवन गर्ने युवा वर्ग बढि भेटिएको र समाज र देशको कर्णधारकको रुपमा परिचित युवाहरु दिनानुदिन लागुपदार्थ सेवन तिर अग्रसर भएकोले समाज र युवायुवतीहरुलाई सचेतना जगाउने उदेश्यका साथ यो सचेतनामुलक कार्यक्रम संचालन गरियको आयोजकले जनाएको छ।
सो अबसर मा प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिका वार्ड नम्बर १२ का वडाअध्यक्ष उमा शंकर चौधरी ले किशोरी हरुले आयोजना गरेको कार्यक्रम निकै राम्रो र सचेतनामुलक रहेको हुदा टोल टोलमा गर्न जरुरी रहेको बताउदै आफू सधै समाजमा सचेतना मुलक कार्य गरि समाज रुपान्तरण गर्न का लागि सधै सहयोग गर्न तत्पर रहेको बताउनु भयो।
कार्यक्रममा बिशेश अतिथी पुस्तकालय अध्यक्ष सुरज के.सीले युवा अवस्थामा आफु पनि लागु पदार्थ सेवन गरेको र अहिले पुरै छोडेर वसेको कुरा वताउदै,छोड्ने ईच्छा शक्ति आफैमा भयेमा नसा सेवन गर्न छोड्न सकिने र तेस्का लागि परिवार को भुमिका मुख्य रहने बताउनु भयो।
वडा कार्यलयको आर्थिक सहयोग रहेको कार्यक्रममा स्थानीय को उल्लेख्य उपस्थिति रहेको थियो भने नाटक को अभिनय ट्याग किशोरीहरु ले गरेका थिए।