ट्रेन्डीङ्ग

अखिल नेपाल आदिवासी जनजाति महासंघको पश्चिम नवलपरासी शाखा गठन

नवलपरासी।अखिल नेपाल आदिवासी जनजाति महासंघको पश्चिम नवलपरासी शाखाको बर्दघाट-१४ को गंगावस्तीमा शुक्रवार भएको प्रतिनिधिमुलक भेलाले अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका नेता दुर्गा नारायण थारुको संयोजकत्वमा ७ सदस्सीय अखिल नेपाल आदिवासी जनजाति महासंघ जिल्ला शाखा गठन गरिएको छ ।

महासंघमा थारु,मगर ,गुरुङ,नेवाः कुमाल लगायतका समुदायका अगुवाहरुको प्रतिनिधित्व रहेको संयोजक थारुले जानकारी दिनुभयो ।भेलाले कमल तमु,गोविन्द बहादुर साठीघरे मगर, चन्द्रमान मानन्धर,बल बहादुर कुमाललगायतलाई सदस्यमा चयन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले जातीय मुक्तिको सवाल बर्गीय आन्दोलनको सबाल भइसकेकोले उत्पीडित वर्गको एकता अपरिहार्य बनेको बताउनुभयो।

कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी चोला क्रान्तिकारी माओवादी प्रदेश सदस्य तथा जनवर्गीय मोर्चा संगठन नवलपरासी पश्चिमका ईञ्चार्ज समर,मगर राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला संयोजक गोबिन्द बहादुर साठीघरेलगायतले बोल्नुभएको थियो।

महासंघमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा,अखिल नेपाल थारु राष्ट्रिय मोर्चा,नेवाः मुक्ति मोर्चा,अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चा,कुमाल मुक्ति मोर्चालगायतमा घटकहरुको आबद्धता रहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal