ट्रेन्डीङ्ग

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

माधब सुवेदी,देवचुली। देवचुली नगर चर्च समुदायले देवचुली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बिहीबार बधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
चर्चले देवचुलीका प्रमुख हरी प्रसाद न्यौपाने उपप्रमुख पार्वता तिवारी सहित १७ वटै वडा अध्यक्षहरू बधाई, स्वागत तथा शुभकामना कार्यक्रम राखेर सफल तथा सृजनशील कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले नगरका जात धर्म मान्न सबैलाई समान व्यवहार गर्दै कसैलाई उचोनिचोको व्यवहार नहुने बताउदै कसैलाई पनि पछाडि परेको महसुस हुने वातावरण आउँन नदिने प्रतिबद्धता गरेका थिय ।

त्यस्तै उपप्रमुख पार्वता तिवारीले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्ष राष्ट्र नेपाल भएकोले सबै धर्ममान्ने नागरिक समान रहेको बताइन् ।

त्यसैगरी अभिषेक चर्च रजहरका पास्टर शुकलाल तामाङले क्रिश्चियन धर्मालम्बीहरुको लागि मृत्युपछिको दाहसंस्कार गर्ने ठाउँको समस्या रहेको भन्दै त्यसतर्फ नगरको ध्यान जानुपर्ने बताउदै नगरका चर्चहरुलाई पनि बजेटको व्यवस्था राज्यबाट हुनुपर्ने कुरा लाई जोड दिएका थिय ।

देवचुली नगर भित्र रहेका करिब ३५ वटा चर्चका पास्टर हरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन देवचुली १४ छत्तिसघरेका प्रकाश रसाईलीले गरेका थिए । चर्चले विभिन्न समयमा सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal