ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा ३ दिने अल्टिमेटम दिदै बाणगङ्गा नगर शिक्षा शाखामा माग पत्र पेश

कपिलवस्तु।कपिलवस्तु जिल्लाको बांणगंगा नगर भित्रका विधालय मनोमानी ढङ्गबाट मासिक शुल्क वृद्धि गरिएको भन्दै वृद्धि शुल्क घटाउन नेकपा निकट अखिल(क्रान्तिकारी)कपिलवस्तु ३ दिने अल्टिमेटम सहित माग पत्र बुझाएको छ।

अखिल(क्रान्तिकारी)कपिलवस्तु जिल्लाले बाणगंगा नगर भित्र माध्यमिक विधालयले कक्षा ११/१२ मा मनोनीत ढंगले मासिक शुल्क ७०० बाट ३ सय वृद्धि गरि १००० रुपैया पुर्याएको वृद्धि शुल्क घटाउन माग सहित बाणगंगा नगर शिक्षा शाखालाई माग पत्र बुझाएको अखिल केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज बिष्णु राउतले बताए।

अखिल(क्रान्तिकारी)कपिलवस्तु जिल्ला संयोजक सपना खनाल द्वारा हस्ताक्षरित माग पत्रमा भनिएको छ”संगठनले कपिलवस्तु जिल्लाका सबै स्थानीय तहमा,शिक्षा बिकास तथा समन्वय इकाइ,सामुदायिक बिद्यालयमा निशुल्क शिक्षा माग गर्दै पटक पटक माग पत्र पेस गर्दा पनि सामुदायिक बिधालयले वेवास्ता गर्दै शुल्क वृद्धि गरेको प्रती गम्भीर आपत्ति प्रकट गर्दै तत्काल ३ दिन भित्र वृद्धि शुल्क फिर्ता गर्न माग गर्दछौ।

अन्यथा शैक्षिक सस्थाहरु,सम्बन्धीत सरोकारवाला निकायहरु जिम्मेवार बनी शुल्क फिर्ता नगरे चरणबद्द रुपमा प्रदशन,धर्ना,चक्काजाम,हडताल लगायतका थप संघर्षमा जाने विज्ञप्तिमा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal