ट्रेन्डीङ्ग

रोजगार सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनवल।रोजागरीको सुनिश्चित गर्ने अधिकारलाई मध्यनजर गर्दै सुनवल नगरपालिकाले रोजगार सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

अभिमुखिकरण कार्यक्रममा वोल्दै सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालले कृषि उत्पादन मार्फत रोजगारी वढाउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो।साथै कृषि उत्पादनको वजारीकरणको समेत व्यवस्था नगरपालिकाले गर्ने बताउनुभयो।अभिमुखिकरण कार्यक्रममा वोल्दै नगर उपप्रमुख सुर्य प्रसाद दुवेले नगरको आर्थिक विकास र वृद्धिको लागी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।

अभिमुखिकरण कार्यक्रमलाई सहजिकरण गर्दे महेन्द्र वहुमुखि क्याम्पस दाङका उपप्रध्यापक सुन्दर गौतमले जनप्रतिनिधि,जनता र कार्यकर्ता विचको सम्वन्ध,सकरात्मक सोच र व्यावहार सम्वन्धीका वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो।त्यस्तै श्री जनज्योति मा.वि सुर्खेतका प्रध्यानाध्यापक नारायण प्रसाद सिग्देलले पढ्दै कमाउदै अभियानको विषयमा जानकारी दिदै विद्यार्थीहरुलाई पढाउने मात्र नभएर उनीहरुको रुचिअनुसार काम गर्न लागाउने र आर्थिक उपार्जन पनि हुने बताउनुभयो ।कार्यक्रममा सुनवल नगरपालिकाका जनप्रतिनिधीहरु साथै शैक्षिक,सामाजिक,राजनैतिक र विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता नगरपालिका रोजगार संयोजक शंकर पंन्थीले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?