ट्रेन्डीङ्ग

रामग्राम बसपार्कको सिलन्यास

परासी, १६ माघ । नवलपरासीको रामग्राम नगरपालिका ४ केरवानीमा रामग्राम बसपार्कको सिलन्यास भएको छ ।

शहरी विकास मन्त्रालयको लगानीमा निर्माण हुन लागेको उक्त आधुनिक रामग्राम बसपार्कको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले एक औपचारिक कार्यक्रम बिच सिलन्यास गरेका हुन ।

रामग्राम नगरपालिका र संघिय आयोजना कार्यान्वय ईकाई चितवनको संयुक्त आयोजनामा रामग्राम नगरपालिका वडा ४ का अध्यक्ष मदन यादवको अध्यक्षतामा प्रमुख अतिथि रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उक्त रामग्राम बसपार्कको सिलन्यास गरेका हुन ।

५ करोड ६५ लाखमा भएको उक्त आधुनिक रामग्राम बसपार्कको ठेक्का समिर कन्सट्रक्सन परासीले भ्याट र कन्टिजेन्सी बाहेक ३ करोड १९ लाख रुपैयामा ठेक्का लिएको छ । उक्त ठेक्का २०७८ असारमसान्तमा सम्पन्न गर्नु पर्ने म्याद ताकिएको छ ।
२ विगाहा क्षेत्रफलमा बन्न लागेको उक्त रामग्राम आधिनिक बसपार्कमा पहिलो चरण बसपार्कको कम्पाउण्ड भित्र माटो फिलिङ्ग, टिकट काउण्टर, यात्रुका लागि वेटिङ्ग रुम, गार्ड भवनको निर्माण कार्य हुनेछ भने गाडीहरुको पाकिङ्गका लागि पार्किङ्ग स्थल, रिङ्ग रोड, फुटपाथ, वृक्षारोपण र शौचालयहरु निर्माणका कार्यहरु हुने रामग्राम नगरपालिकाका ईन्जिनियर शतिस गुप्ताले जानकारी दिनु भयो ।
विगत लामो समयदेखि नगरपालिकामा स्थायी बसपार्क नहुँदा परासी बजारको बुद्धचोकमा अव्यस्थित सवारी साधनहरुको पार्किङ्गले बजार कुरुप र अव्यस्थित बन्ने गर्दथ्यो तर अहिले बन्न लागेको स्थायी बसपार्क बनेपछि उक्त समस्या सधंैका लागि सामाधान हुने नगर प्रमुख गुप्ताले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले, यो बसपार्क बनेपछि परासी बजारको कुरुपता हटने र बजार व्यस्थित तथा सुन्दर देखिनुका साथै रोजगारीको अवसर पनि सिर्जना हुने बताउनु भयो । यो योजना नगरपालिकाको लागि गौरवको योजना समेत रहेको बताउनु भयो ।

सिलन्यास कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं वडा ४ का अध्यक्ष मदन यादव, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी, वडा १ का अध्यक्ष रुद्रप्रकाश उपाध्याय, वडा ६ का अध्यक्ष जितेन्द्र प्रसाद गुप्ता, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डे, संघिय आयोजना कार्यान्वय ईकाईका प्राविधिक विरेन्द्र मण्डल रामग्राम नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नगेन्द्र यादव, पत्रकार मोहन पौडेल लगायतले यो बसपार्क बनेपछि सवारी साधनको व्यस्थित पाकिङ्ग र यातायातलाई थप व्यस्थि तगर्न सकिने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal