ट्रेन्डीङ्ग

देवचुली नगरपालिकामा खुसि बालबालिका

नवलपुर।खुसीखुसी विद्यालयमा बालबालिका पुर्याउने अभियानमा निरन्तर हामी”भन्ने नारा सहित देवचुलीका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ८० बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना र किण्डर नेपालको सहयोगमा देवचुली नगरपालिका भित्र रहेको पृथ्वी माध्यमिक विद्यालयका ४५ जना,नव नेपाल आधारभूत विद्यालयका २५ जना र जनज्योति माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुलाई झोला, १ दर्जन कपी,कलम,१ वटा साबुन,ब्रस,ज्यामिटी बक्स लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । यसरी आफुलाइ चाहिने सम्पूर्ण शैक्षिक सामाग्री पाउँदा बालबालिकाहरु पनि निकै हर्सित भएका छन।शैक्षिक सामग्री वितरण कार्यक्रम पृथ्वी मा.वि व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर घर्ती मगरको अध्यक्षताा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रमलाई संबाेधन गर्दै नगर प्रमुख न्यौपानेले भविष्य निर्माण गरि देशका कर्णधार रुपमा मानिने बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्दा थप हौसला र उर्जा मिल्ने बताउनुभयाे।बालबालिकाका सरनेकारकाे बिषयमा सरकारी संघ संस्था मात्र नभइ गैर सरकारी संस्थाले पनि महत्त्वपूर्ण भुमिका गरिरहेकाे र आगामी दिनमा देवचुली नगरपालिकाले समन्वय गरि साथ सहयाेग गर्ने बताउनुभयाे।त्यस्तै देवचुली नगरपालिकाका बालमैत्री परामर्शा दता खिमानन्द भुसालले कोभिडका कारण देवचुलीमा बालबालिकाका क्षेत्रमा कार्यक्रम गर्न नसकिएको गुनासो गर्दै अब कार्यक्रमलाई निरन्तर दिने बताउनुभएको थियो।शैक्षिक सामग्री वितरण कार्यक्रमको बारे प्रकाश पार्दै जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले किण्डर नेपालको सहयोगमा नवलपुरका एक सय भन्दा बढि आर्थिक अवस्था कमजोर रहेका बालबालिकाहरुलाई सहयोग गरिएको बताउनुभएको छ।कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी,नगरप्रवक्ता तिल प्रसाद काफ्ले, जागृती बाल तथा युवा सरोकार नेपालका संरक्षक होमनाथ जैसी,देवचुली नगरपालिका शिक्षा शाखाका देवराज काफ्ले,पृथ्वी मा.विका पूर्व अध्यक्ष गनबहादुर राना, पृथ्वी मा.विका सहायक प्रधानाध्यापक डिलाराम भुसाल,नवनेपाल आधारभूत विद्यालयका प्रधानाध्यापक राम प्रसाद गौतम, विद्यालयका शिक्षकशिक्षिका,विद्यार्थी,अभिभावक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण राजु चापागाईले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal