ट्रेन्डीङ्ग

वाइसीएल नवलपरासीको संयोजकमा सापकोटा

परासी।नेकपा(माओवादि केन्द्र)निकट योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)नवलपरासी जिल्लाको संयोजकमा मोहन सापकोटा मनोनयन भएका छन।

गत साउन ३ गते बसेको योङ्ग कम्युनिस्ट लिग केन्द्रीय समिति भर्जुअल बैठकले सापकोटालाई जिल्ला संयोजक पदमा मनोनयन गरेको हो।

बैठकले जिल्लामा अध्यक्ष हेरफेर गर्ने क्रममा नवलपरासीको अध्यक्ष पदमा सापकोटालाइ मनोनयन गर्ने निर्णय गरिएको हो।निवर्तमान अध्यक्ष दिपक राना केन्द्रिय सदस्य बनेपछी संयोजकमा सापकोटालाई मनोनयन गरिएको हो।सापकोटा बर्दघाट-४ का स्थानीय बासी हुन उनी युवा माझ लोकप्रिय छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?