
काठमाण्डौ।गायक अर्जुन सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिनाको‘गुरुआमा’ले आवाजमा रहेको नयाँ गीत बजारमा आएको छ।
सर्जक सुमन ढकालको उत्कृष्ट शब्द सृर्जना रहेको छ भने गायक सापकोटाकै गीतमा लय रहेको छ।समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयबस्तु गीतमा चित्रण गरिएको छ।गीतमा डिजेल/पेट्रोल,खानेतेलको भाऊ बढेको,स्कुल कलेजको भाऊ बढेको, लुगाकपडाको भाऊ बढेको भन्दै गीतकार ढकालले समसामायिक प्रंसग मिसाएका छन्।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को उत्कृष्ट कथावस्तु एवम् निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ ।गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन्।गित Arjun Sapkota अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।गितको पुरा म्युजिक भिडियो :