
काठमाण्डौ।पारिवारिक कथाबस्तु समेटिएको मौलिक,सामाजिक यथार्थलाई चित्रण गर्ने गीतले समाजको परिवर्तनलाई उतार्न खोजिएको यज्ञ सापकोटाको तिज गीत घर झगडा-५ ले चर्चा पाएको छ।एक हप्तामै ९ लाख दर्शकको नजरमा पर्न सफल भएको छ गितमा सकारात्मक प्रतिक्रिया आएको गायक सापकोटाले बताए।
मदन खड्काको कथा/निर्देशन रहेको उक्त भिडियोमा सुरबीर पण्डित,रमा थपलिया,यज्ञ सापकोटा,पबित्र काफ्ले,सरस्वती फुयालको अभिनय देख्न सकिन्छ।बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन/कलर गरेका हुन्।
अकला देवी म्यूजिकको प्रस्तुती रहेको पारिवारिक तीज गीत‘घर झगडा भाग ५’म्यूजिक भिडियो Akala Devi Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो: