
काठमाडौ।राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थिति बारे चासो व्यक्त गर्नुभएको छ।
राष्ट्रपतिका तर्फबाट उहाँका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उहाँको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको हो।ढकालले गिरी क्यान्सरको उपचारका लागि भारतमा रहँदा पनि राष्ट्रपतिबाट स्वास्थ्यावस्थाबारे चासो व्यक्त भएको र काठमाडौँ फर्किएपछि स्वास्थ्य समस्याका कारण गिरी अस्पताल भर्ना भएपछि पनि आफूलाई भेट्न पठाउनुभएको जानकारी दिनुभयो ।