
काठमाडौँ।पाँच दिने जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आइतबार हिरोसिमास्थित संग्रहालयको अवलोकन गरेका छन्।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालयका बारेमा जानकारी लिएका थिए।
साथै आजै टोकियोमा हुने नेपाली समुदायहरूबीच‘समृद्ध नेपालको आधारःआर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’अन्तक्रियामा प्रचण्ड प्रमुख अतिथिका रूपमा सहभागी बन्नेछन्।
प्रचण्ड २५ साउनमा स्वदेश फर्किने कार्यक्रम छ। जापान भ्रमणका क्रममा प्रचण्डले पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएका छन्।