ट्रेन्डीङ्ग

पत्रकार विद्यार्थी संगठन बाकेद्वारा आयोजित तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

यमु कडेल,माघ १६ बाँके । पत्रकार विद्यार्थी संगठन बाँकेले तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न गरेको छ । मंगलबारबाट शुरु भइ सम्पन्न तालिममा ३० जना प्रशिक्षार्थीलाई बिभिन्न बिधामा तालिम दिइएको हो ।

पत्रकार संगठन बाँकेद्वारा सञ्चालित उक्त तालिमको सुरुदेखि अन्तिम दिनसम्म नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष पत्रकार रुद्र सुवेदीले संचारको परिचय,महत्व, प्रकार र समाचार लेखनका विषयमा तालिम दिएका थिए भने नागरिक समाज अनलाइनका कार्यकारी सम्पादक रामु ओलीले मिडिया प्राविधिक विशेषताबारे र इ-सेतोखरी डट कमका प्रधान सम्पादक कमल न्यौपानेले खोजपत्रकारिताबारे तालिम दिएका थिए ।

तालिमको समापन समारोहलाई संबोधन गर्दै पत्रकार विद्यार्थी संगठन नेपालका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले अहिले पनि समाजमा विभिन्न किसिमका पत्रकारहरुले दोहोरो भेरिफिकेशन नगरेर समाचार सम्प्रेषण गरेको हुनाले समाजमा नराम्रो किसिमको अफवाह फैलिएकोले गर्दा सत्य समाचार लेख्ने पत्रकारहरुलाई पनि अफ्ठ्यारो परेको बताए ।

कतिपय ठाउँमा पत्रकारिता गर्न चाहने विद्यार्थीहरुपनि धेरै छन् तर पत्रकारिता बिषयको पाठ्यक्रम नभएर विद्यार्थीहरुलाई अफ्ठ्यारो परेको हुनाले सबै ठाउँमा पत्रकारिता बिषयको पाठ्यक्रम हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

संगठनका बाँके नवनिर्वाचित अध्यक्ष किशोर शाहिले पत्रकारिताको बाटोमा अग्रसर भएर रुचि देखाउने विद्यार्थी पत्रकारहरुलाई प्रारम्भिक तहबाट नै सकारात्मक बिचारका साथ निष्पक्ष, खोजमुलक र उत्पीडित बर्गको पक्षमा बोल्न लेख्न र उभिन सधै तयारी रहनु पर्ने बताए ।

‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ, उनले भने ‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वासनिय पत्रकारिता गर्नु पर्छ ।’ पत्रकारितालाई नै व्यवसाय बनाएकाहरुले आफ्नो व्यसायिक क्षमता तिखारिएन भने पत्रकारितामा पेशामा नै टिक्न गाह्रो छ ।’ उनले तालिममा सहभागीहरुलाई सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरे ।

संगठनका केन्द्रिय अध्यक्ष गैरे र बाँके जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष शाहीले सहभागीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।

शाहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन

कार्यक्रम समापनकै क्रममा बाँके जिल्ला शाखाको नयाँ कार्यसमिति पनि गठन भएको छ ।

संगठनको जिल्ला शाखाको अध्यक्षमा किशोर शाही सर्वसम्मत मनोनीत भएका हुन् । शाहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन भएको हो ।

संगठनले आगामी दिनमा पत्रकारको क्षमता अभिबृद्धिको लागि क्रियाशिल रहेने र व्यवसायिक पत्रकारिताको बिकासमा जोड दिने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?