ट्रेन्डीङ्ग

अन्नपूर्णले हरेक क्षेत्रलाई सम्बोधन हुने अब्बल विद्यार्थी उत्पादन गर्दै

बुटवल।बुटवल-६ चन्द्रनगर स्थित अन्नपूर्ण मोडल कलेजमा अध्यायरत ४ विद्यार्थीले एमबिबिएस अध्ययनको लागि पुर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएका छ्न ।

कक्षा ११ र १२ मा बिज्ञान विषय पढेका विद्यार्थीहरुको लगनशीलता र शिक्षकहरुको उच्च स्तरीय अध्यापनका कारण एमबिबिएस ४ जना र बिएसि एजि,फार्मेसी लागयत २१ जनाले पुर्णछात्रबृतीमा नाम निकाल्न सफल भएको अन्नपूर्ण मोडल कलेजका निमित्त क्याम्पस प्रमुख अमृत लम्सालले जानकारी दिनुभयो।एमबिबिएसमा नाम निकाल्न भिम चापागाईं,आकाश प्रसाद गुप्ता तेलि,कृष्ण मोहन पटेल र धनिश्वर भण्डारी सफल भएका छ्न। बुटवलमै शान्त र शैक्षिक बाताबरण रहेकोे अन्नपूर्णमा कक्षा ११/१२ मा बिज्ञान,ब्यवस्थापन,कानुन,मानबिकी र शिक्षा अन्तर्गतका विषयहरु पठनपाठन भैरहेको छ भने यसबर्ष पनि बिज्ञान र ब्यवस्थापनमा केही सिट मात्र सिमित रहेको संयोजक लक्ष्मण पान्डेले बताउनु भयो।

अन्नपूर्णले जन्माएका नक्षेत्रहरुले बर्तमान बजारको मागलाई परिपुर्ति गर्न सफल भएको भन्दै अन्नपूर्ण मोडल कलेजका अध्यक्ष डा.धर्मराज भट्टराईले शैक्षिक गुणस्तरको लागि समयको माग अनुसार ब्यवस्थापकिय पक्ष लाई अगाडि बडाउने बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal