
कपिलवस्तु।नेकपा निकट अखिल(क्रान्तिकारी)ले कपिलवस्तुका पब्लिक क्याम्पसले मनोमानी ढंगले वृद्धि गरिएको शैक्षिक शुल्क फिर्ता गर्न २ दिने अल्टिमेटम दिएको छ।शैक्षिक शुल्क फिर्ता नगरिएमा चरणबद्द आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अखिल(क्रान्तिकारी)कपिलवस्तु संयोजक सपना खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएछ”कपिलवस्तु पब्लिक क्याम्पस संघको बैठकबाट मनोमानी ढंगबाट विद्यार्थी अभिभावकको ढाड सेक्ने गरि कपिलवस्तु जिल्ला भर मासिक रु ९७५ बाट रु १५०० शुल्क वृद्धि गरेको प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको थियो।
जिल्लाका क्रीयाशिल ६ विद्यार्थी संगठनले मनोमानी ढंगबाट गरिएको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै ४ दिने अल्टिमेटम दिएका थिए।
लगत्तै पब्लिक क्याम्पस संघ कपिलवस्तुले वार्ताका लागि संयुक्त विद्यार्थी संगठनलाइ साउन १९ गते बोलाएको थियो।
वार्तामा केही सुबिधाका नाममा, शुल्क समायोजनको नाममा रु १२०० शुल्कमा केहि विद्यार्थी संगठन र पब्लिक क्याम्पस संघ बिचको सहमति अनुसार शुल्क वृद्धि गरेको प्रती अखिल (क्रान्तिकारी)ले असहमती जनाउदै तथा कथित मनोमानी ढंगबाट गरेको शुल्क वृद्धिको निर्णय अस्विकार गर्दछ अबको २ दिन भित्र वृद्धि गरेको मासिक शुल्क रु२२५ तत्काल फिर्ता नगरे चरणबद्द बिरोध प्रदर्शन धर्ना,चक्काजाम,बन्द हडताल लगायतका थप संघर्षमा जाने चेतावनी दिएको छ।आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धीत निकाय नै हुने विज्ञप्तिमा उल्लेख गरेको छ।