
सैनामैना।बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ।सैनामैना सात देवपारमा रहेको सो विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि विद्यालयले त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको हो।
नतिजा प्रकाशन कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यपकले उत्कृष्ट नतिजाको लागि विद्यार्थीहरुले बढाइमा अझ मिहेनत गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो।
शैत्रिक शत्रको सुरुवाति दिनमै बिद्यालयले गाैरव गर्न लायक नतिजा आएको भन्दै बिद्यालय परिवारले खुशि ब्यक्त गरेको छ।
बिद्यालयको सभाहलमा भएको कार्यक्रममा बिद्यार्थीहरुलाइ टीका तथा कापी सहित सम्मान गरिएको थियो । सो कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक संयोजक अोमप्रकाश अर्यालले गर्नुभएको थियो।