ट्रेन्डीङ्ग

डोटीबाट चितुवाको छाला सहित ४ जना पक्राउ

धनगढी।कैलालीबाट चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका-२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका-६ का टेकबहादुर रावत,धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका-२ का राजेन्द्र सिंह भण्डारी रहेका छन्। उक्त बोलेरो जिप बुडरबाट धनगढी तर्फ आउने क्रममा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरुलाई चेकजाँचका क्रममा गोदावरी नगरपालिका-२ बाट पक्राउ गरिएको हो।उनीहरुको साथबाट चितुवाको छाला र हड्‌डी बरामद भएको छ।पक्राउ परेका सबैलाई थप कारबाहीका लागि जिल्ला वन कार्यालय कैलाली पठाइने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal