
बर्दघाट।पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटौलियाद्धारा रिड नेपाल र आइरेक्शको सहकार्यमा सञ्चालित दियो परियोजना अन्तर्गत सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगार सम्बन्धि सचेतनामुलक तथा विज्ञ संगको अन्तरक्रिया कार्यक्रम विहिबार भटवलियामा सम्पन्न भएको छ।पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष सुरज केसीको अध्यक्षता तथा बर्दघाट वडा नम्बर १२ का वडाअध्यक्ष उमाशंकर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले बैदेशिक रोजगारीलाई सुरक्षित,मर्यादित र ब्यवस्थित बनाउन बैदेशिक रोजगारमा जानेले सिप सिकि सहि सुचना लिएर गएमा बैदेशिक रोजगार फलदायी हुने बताउदै बर्दघाट नगरपालिकाले बैदेशिक रोजगारको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै विभिन्न सिपमुलक तालिमहरु प्रदान गरिरहेको हुदा त्यसको प्रत्यक्ष लाभ लिन आग्रह गर्नुभयो।
सो अवसरमा कार्यक्रमका अध्यक्ष सुरज केसीले पुस्तकालयले ग्रामिण बस्तीका बासिन्दालाई लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र बैदेशिक रोजगारको क्षेत्रमा समेत सुचना प्रवाह गर्दै आइरहेकोले बैदेशिक रोजगारका कूनै समस्या तथा चुनौती भएमा पुस्तकालयमा सम्पर्क गर्न समेत आग्रह गर्नुभएको थियो।
कार्यक्रममा बैदेशिक रोजगारका समस्यामा, चुनौती र समाधानका उपाय र सहभागिका तर्फबाट सोधिएको प्रश्नको सहजिकरण गर्दै विज्ञको रुपमा आप्रवासी परिवार हकहित मञ्चका जिल्ला अध्यक्ष रामु भुसालले बैदेशिक रोजगारमा जादा अपनाउनुपर्ने सावधानी र समस्या पर्दा गर्नुपर्ने प्रकृयाका बारेमा सहजिकरण गर्नुभएको थियो।कार्यक्रममा बैदेशिक रोजगारमा जान चाहने,बैदेशिक रोजगारबाट फर्केका र बैदेशिक रोजगार संग सम्बन्धित परिवार,विभिन्न संघ सस्थाका प्रतिनिधि,पुस्तकालयका पदाधिकारी,कर्मचारी लगाएतको उपस्थिती रहेको थियो।
पुस्तकालय ब्यवस्थापन समितिका सदस्य मुरली कृष्ण खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव गोपाल सिँह आलेले गर्नुभएको थियो।