
काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी)ले सरकारलाई देश र जनताप्रति इमानदार हुन तथा द्वन्द निम्त्याउने कार्य नगर्न चेतावनी दिएको छ।पार्टीका सचिवालय सदस्य प्रतीकद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेकपा संगको तीन बुद्धे सहमति यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ सरकारलाई देश र जनताप्रति इमानदार हुन तथा द्वन्द निम्त्याउने कार्य नगर्न तथा नेकपा संग गरिएको तीन बुद्धे सहमति यथाशीघ्र कार्यान्वयन गरी सम्पूर्ण झुट्टा मुद्दाहरू एकमुष्ट खारेज गर्न तथा राजबन्दीहरू एकसाथ रिहा गर्न सरकार सग विशेष आग्रह गरिएको छ ।
विज्ञप्तिमा गत २०७७ साल फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपि ओलिको सरकार र नेकपा विच तीनबुँदे सहमति भएको थियो जुन सहमतिको मर्म र भावना विपरीत ललितपुर जिल्ला अदालतद्वारा साउन १६ गते विप्लव,प्रकाण्ड,कञ्चन,शिलु,विकाश,जिवन्त,भरत,विजय,आजाद,दिपक,विकल्प,संजिव लगायतका नेताहरु माथि जारी गरिएको पक्राउ पुर्जीबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
आफ्नो राजनीतिक गतिविधि शान्तिपूर्ण तरिकाबाट संचालन गरिरहेका नेकपा र नेकपा(बहुमत)का नेताहरुलाइ जुन खालको रवैया पक्राउ पुर्जि जारी गर्नुले कतै सरकार आफैले दन्द्वकोबाटो खाजेको त होइन गम्भीर संज्ञा पैदा भएको छ।त्यसैले ३ बुद्दे सहमति कार्यनयन गर्न आलटाल गर्ने सरकारका विरुद्ध सम्पुर्ण नेपाली जनता,देशभक्त क्रान्तिकारी शक्तिहरु,मानव अधिकारकर्मि,पत्रकार सुरक्षाकर्मी एक ढिक्का भएर सरकार सग भएको सहमति तत्काल राज्यले कार्यनयन नगरे कडा भन्दा कडा प्रतिरोधको निम्ति तयार रहन चेतावनी आग्रह गरेको छ।
काखमा राखेर कोखमा छुरा रोप्ने कार्य सरकारले गर्छ भने देशभरी आन्दोलनको आधिबेरी सिर्जना गर्न नेकपा(क्रान्तिकारी)पार्टी तयार हुने र यसबाट उत्पन्न परिस्थितिको सामना गर्न सरकार र तिनका निकायहरुलाइ तयार रहन विज्ञप्तिमा उल्लेख गरेको छ।विज्ञप्ति: