ट्रेन्डीङ्ग

कपिलवस्तुका क्याम्पसलाई वृद्धि शैक्षिक शुल्क फिर्ता गर्न अखिल(क्रान्तिकारी)को चेतावनी

कपिलवस्तु।कपिलवस्तु जिल्ला भित्रका सामुदायिक क्याम्पसहरूले गरेको शैक्षिक शुल्क वृद्धि फिर्ता गर्न अखिल(क्रान्तिकारी)चेतावनी दिएको छ।

नेकपा निकट अखिल(क्रान्तिकारी)कपिलवस्तु संयोजक सपना खनाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कपिलवस्तु जिल्ला भित्रका सामुदायिक क्याम्पसहरूले पटक-पटक शुल्क वृद्धिको प्रस्ताव अखिल(क्रान्तिकारी)कपिलवस्तु संग ल्याउदा संगठनको तर्फबाट अस्विकार गरिएको थियो संगठनले पटक- पटक शुल्क वृद्धि नगर्न सुझाव दिदा दिदै संगठनलाई वेवास्ता गर्दै मिति २०७९ सावण १४ गते बसेको पब्लिक क्याम्पस संघको बैठकबाट मनोमानी ढंगबाट विद्यार्थी,अभिभावकको ढाड सेक्ने गरि कपिलवस्तु जिल्लाभर मासिक रु ९७५ बाट रु १५०० शुल्क वृद्धि गरेको प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुल्क वृद्धि गर्ने निर्णय प्रती विद्यार्थी,अभिभावकको गुनासो आएकोले तत्काल शुल्क वृद्धि फिर्ता गर्न चेतावनी दिन चाहन्छ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको अन्त्यमा कपिलवस्तु सामुदायिक क्याम्पस संघले शुल्क वृद्धिको निर्णय फिर्ता नगरे चरणवद् संघर्षको कार्यक्रम घोषणा गरिने छ,उक्त आन्दोलनबाट हुने क्षतीको जिम्मेवार सम्बन्धीत निकाय नै हुने उल्लेख गरेको छ ।
विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal