
बर्दघाट।नेकपा(बहुमत)निकट अखिल (क्रान्तिकारी)नवलपरासीले ५ बुद्दे माग सहित बर्दघाट नगरपालिकामा माग पत्र बुझाएको छ।
अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धि नियमावली-२०७७ मा व्यवस्था गरिए बमोजिमको व्यवस्था जस्ताको त्यस्तै कार्यन्वयनको माग गर्दै मागपत्र बर्दघाट नगर शिक्षा शाखा बुझाएको संगठनका केन्द्रिय सदस्य एवं नवलपरासी इन्चार्ज सन्देश सापकोटा बताए।
अखिल(क्रान्तिकारी) ले बुझाएको मागपत्रका मागहरु:
१.’अनिवार्य तथा नि:शुल्क शिक्षासम्वन्धि नियमावली -२०७७’ मा व्यवस्था गरिए बमोजिम सार्वजनिक विद्यालयहरूले माध्यमिक तहसम्म बिद्यार्थी भर्ना शुल्क,मासिक पढाइ शुल्क,परीक्षा तथा पाठ्यपुस्तक बापतकाे शुल्क लिन नपाइने व्यवस्था जस्ताको तस्तै कार्यान्वयन गराइयाेस् ।
२.संस्थागत बिद्यालयहरूले लिइरहेका मनाेमानी र चर्काे शुल्क नियन्त्रण गर्दै आम गरिखाने अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण गरियोस।साथै सामुदायिक बिद्यालयहरूले अभिभावक सहयोगकाे नाममा लिने चर्काे शुल्कका कारण आधारभूत वर्गका बिद्यार्थी बिद्यालयको पहुँचबाट कट्दै गइरहेकाे अवस्था अन्त्य गरियोस।अङ्ग्रेजी भाषाकाे नाममा लिइने अतिरिक्त शुल्क बन्द गराइयाेस।
३. सम्बन्धित स्थानिय तह भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा दिइने, ऐनमा व्यवस्था भएबमोजिमको छात्रवृत्ति पारदर्शीताकाे लागि सम्बन्धित बिद्यालयबाट छात्रवृत्ति पाउने विद्यार्थीकाे सूची संकलन र छानबिन गरि स्थानीय शिक्षा शाखाद्वारा नै सूची प्रकाशन गरियाेस् ।
४.कुनै सामुदायिक विद्यालयमा हजारौं विद्यार्थीकाे चाप हुने, कुनै विद्यालयमा बिद्यार्थी अति न्यून हुने अवस्था अन्त्यको लागि एउटै स्थानीय तहभित्रका विद्यालयहरूकाे समान स्तराेन्नतीकाे लागि कार्यक्रम बनाइयाेस् । साथै सबै सामुदायिक बिद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी र पूर्वाधारकाे व्यवस्था गरियाेस् ।
५.स्थानीय तहले तयार गरेकाे ‘स्थानीय पाठ्यक्रम,पाठ्यपुस्तक’काे अव्यावहारिक र अवैज्ञानिक पक्षहरूकाे हल गर्दै कम्तीमा जिल्लाका सबै स्थानीय तहमा एउटै पाठ्यक्रम निर्माण गरि एउटै पाठ्यपुस्तक लागू गरियोस् ।