ट्रेन्डीङ्ग

शिरिष देवकोटा र सम्झना भण्डारीको नया गित ‘बोलिदेउ आधार’सार्वजनिक(भिडियो सहित)

काठमाडौ । रोइला गायक भनेर चिनिने सर्जक एवम् गायक शिरीष देवकोटा र लोकप्रिय गायिका सम्झाना भण्डारीको पछिल्लो सांगेतिक कोशेली “बोलिदेउ आधार” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा रोईला गीत मार्फत आफ्नो परिचय फाराकिलो बनाएका लोकप्रिय सर्जक तथा गायक शिरिष देवकोटा र सम्झना भण्डारीको आवाज रहेको नयाँ गीत बोदिदेउ आधार भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतले माया प्रेमलाई अत्यन्तै कलात्मक रुपमा अडियो र भिडियोमा उठाउन खोजिएको छ । गीतलाई शिरिष आफैले लय तथा शब्द सिर्जना गरेका छन भने म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ ।

मौषम हिमालीको निर्देशन रहेको सो गीतमा प्रकास सपुत र गिता ढुङ्गानका अभिनय रहेको छ । गीतलाई सम्झना भण्डारीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?