ट्रेन्डीङ्ग

खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौँ।आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।

खोटाङ‚सिन्धुपाल्चोक‚काठमाडौं लगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स-साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

पूर्वी नेपाल लगायत मधेश प्रदेशको अधिकांश भागमा भुकम्पको धक्का पनि महसुस गरिएको थियो। साथै महोतरीको भंगाहा, गौशाला,औरही,रामगोपालपुर,बर्दिबास,महोत्तरी,मठिहानी, जलेश्वर,सम्सी लगायत स्थानमा महसुस गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal