
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माविले देशकै शैक्षिक गन्तव्य बनाउन शैक्षिक वर्तमान अवस्था र सुझाव संकलन अन्तक्रिर्या कार्यक्रम गरेको छ।
नेपालमै उत्कृष्ट नमुना विद्यालय वन्नका लागी महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विभिन्न प्रयासहरु गर्दै आइरहेका छ।
विद्यालयको शैक्षिक,व्यवस्थापकिय र भौतिक पक्षमा अरु नमुना विद्यालय भन्दा अब्बल वन्नका लागी सम्वन्धित सरोकारवालाहरु संग अन्तक्रिर्या छलफल,सुझाव संकलन गर्दै आइरहेको विद्यालयले जनाएको छ।
वि.स.२०७३ सालमा नेपाल सरकारबाट नमुना विद्यालयमा छनोट भएको थियो।जिल्लाकै उत्कृष्ट र प्रदेश सरकारबाट समेत नमुना विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालयमा पर्न सफल विद्यालयमा शैक्षिक,भौतिक र व्यवस्थापकिय पक्षलाई मझवुद वनाउदै बजारको मागलाई सम्वोधन गर्ने गरि पठनपाठन संचालन भैइरहेको विद्यालयले जनाएको छ।
मन्टेश्वरी देखि कक्षा १२ सम्म पठनपाठन हुने देवकोटा नमुना विद्यालयमा कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यममा र कक्षा १० देखि १२ सम्म अंग्रेजी नेपाली दुवै माध्यमबाट पठनपापान संचलन भैइरहेको विद्यालयका प्रध्यानाध्यापक खेमलाल जोसी शर्माले बताउनुभयो।
कक्षा ११ र १२ मा विज्ञान,व्यवस्थापन,कानुन,मानविकी र शिक्षा लगाएतका विषयहरुको पठनपाठन हुदै आएको छ।त्यस्तै उत्कृष्ट विज्ञान ल्याव,कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याव रहेकोले विद्यार्थीहरु नगर र जिल्ला वाहिर महंगो शुल्क तिरेर धाउनुपर्ने बाध्यता नरहेको प्रअ शर्माले बताउनुभयो।
त्यस्तै प्राविधिक धार तर्फ टि एस.एल.सि,प्रि डिप्लोमा,डिप्लोमा र इन्जिनियरिङ समेतको अध्यायन अध्यापन भई उत्पादीत दक्ष जनशक्तिले हाल बजारको मागलाई सम्वोध गर्न देवकोटा नमुना माध्यामिक विद्यालय सक्षम रहेको प्रअ शर्माको भनाई छ।देवकोटामा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महाकवि देवकोटा अब्बल रहेको प्रध्यानाध्यापक शर्माको दावी छ।
नमुना विद्यालयकै गुरुयोजना अनुसार विद्यालयको भौतिक र व्यवस्थापकिय पक्ष रहेको विद्यालय व्यवस्थापन समितिको दावि छ।विद्यालयमा प्रविधिमैत्रि कक्षा कोठाहरु,फाइवर युक्त फर्निचर, स्र्माटवोर्ड,सुरक्षाको लागी सि.सि.टि.भि जडान,सफा शौचालयको ब्यवस्था,प्रयाप्त खेलमैदान,पाकिंङको व्यवस्थापन साथै सो अनुसारको जनशक्तिको परिचालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताउनुभयो।
विद्यालयलाई देशकै नमुना मध्येमा उत्कृष्ट बनाउने लक्ष्य उद्देश्य सहित व्यवस्थापन समिति लागी परेको अध्यक्ष अर्यालको भनाई छ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले यो विद्यालय जिल्लाले नै गर्व गर्न लायक अवस्थामा पुगेको बताउँदै सामुदायिक विद्यालयप्रतिको नकरात्मक धारणालाई परितर्वन गर्न सफल भएको बताउनुभयो।
सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुबेले यस विद्यालयको व्यवस्थापकिय पक्ष,शिक्षकहरुको मेहनत र समूहगत कार्यशैलीको कारणले उत्कृष्ट हुन सफल भएको बताउनुहुन्छ । जिल्लाकै गर्व गर्न लायक विद्यालय भएको बताउँदै उहाँले विद्यालयमा सुधार गर्न आवश्यक देखिएको तटबन्ध निर्माण गर्नुपर्ने,भौतिक पूर्वाधारको अपुग लगायतका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताउनु भयो।
शिक्षा,विकास तथा समन्वय ईकाई प्रमुख सुदीप गिरीले नमूना विद्यालयको रुपमा स्थापित हुन सरकारले तोकेका सबै मापदण्ड पूरा गर्न आग्रह गर्दै बाल सिकाइ देखिनै व्यवस्थापन गुणस्तरीय शिक्षालाई जोड दिन माथिल्लो कक्षामा राम्रो नतिजामा महत्वपूर्ण भुमिका हुने बताउनु भयो।
गिरिले बालबालिकाको शारीरिक,सामाजिक,
सम्वेगात्मक,बौद्धिक,भाषिक तथा सांस्कृतिक विकासको स्तर पहिचान गरी उत्प्रेरणाबद्र्धक वातावरणमा सिकाइ तथा विकास गर्न मद्दत पुर्याउनु भएकोले बाल सिकाइलाई विशेष जोड दिन आग्रह गर्नु भयो।
महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा करिव २३ सय विद्यार्थीहरुले पठनपाठन गर्दछन भने १ सय ३ जना शिक्षक शिक्षिका र कर्मचारी रहेका छन।जसमध्ये २७ जना मात्रै सरकारी दरवन्धीका रहेको र अरु सवै विद्यालयको आन्तरिक स्रोतबाट ब्यवस्थापन गरिएको विद्यालयले जनाएको छ।