ट्रेन्डीङ्ग

अर्घाखाँचीमा कोभिड बिरुद्धको खोप लगाउन सुरु

अनिल नेपाली,माघ १५,अर्घाखाँची ।अर्घाखाँचीमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) विरुद्ध खोप अभियान शुरु भएको छ ।

पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा सरकारले तोकेका अग्र पक्तिमा खट्ने स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन शुरु भएको र आफैबाट शुरु गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर जगदिश शर्माले बताउनु भयो ।
जिल्लामा पहिलो खोप मैले लगाएँ । नराम्रो केही भाछैन । खोप लगाउन पाउँदा धेरै खुशी लागेको छ आफुलाई लक्की सम्झेको छु ।

भारत सरकारको सहयोगमा उपलब्ध कोभिशिल्ड नामक खोप कोभिड नियन्त्रणका क्षेत्रमा अग्र मोर्चामा काम गर्नेहरुलाई नेपाल सरकारको योजना अनुरुप खोप लगाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनु भयो ।
एक हप्तामा अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, स्वास्थय क्षेत्रमा काम गर्ने कर्मचारी, फोहर ब्यबस्थापनमा काम गर्ने सरसफाई कर्मचारीहरुलाई लगाइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal