ट्रेन्डीङ्ग

सरावलबाट औषध सहित ३ जना पक्राउ

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ बडसारबाट ३ जना लागू औषध सहित पक्राउ परेका छन।

ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी निरीक्षक सहितकाे प्रहरी टोलीले प्राप्त सुचनाको आधारमा बडसारबाट ३ जनालाई लागू औषध सहित पक्राउ गरेको हो।

सरावल-६ बडसारका पारसनाथ गुप्ताको घरमा प्याकिङ गरिरहेकाे अवस्थामा बरामद गरीएको लागु औषध सोही स्थान बस्ने बर्ष १५ का कृष्ण मोहन सहानी,बर्ष १८ का राजन गुप्ता,वर्ष १७ का प्रलाद कहाँरलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिरकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभएको हाे।

पक्राउ परेकाहरुकाे साथमा बुप्रिनर्फिन १०० एम्पुल, फेनारगन १९७ एम्पुल र डाईजेपाम ८ एम्पुल गरी जम्मा ३०५ एम्पुल लागु औषध र बुप्रिनर्फिनको स्टिकर ९१५ थान सहित पारसनाथ गुप्ताको घरबाट बरामद गरीएको हो।साथै लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal