
स्याङ्जा।कलिलो उमेरमा छोरालाई रक्त क्यान्सर भएपछि स्याङ्जा वालिङ नगरपालिका वाड नं १० का रामु पंगेनीको निद्रा हराएको छ।छोराको उपचारका लागि खर्च जोहो गर्न नसकेकै कारण पंगेनी परिवार यति वेला चिन्तित छन् ।
१८वर्षिय छोरा शिशिर पंगेनीलाई रक्त क्यान्सर पुष्टी भएपछि अहिले सिभिल अस्पताल मिनभवन काठमाण्डौमाविगत एक महिनादेखि उपचाररत छन्। उच्च शिक्षाका लागि आफ्नै मामासंग पोखरामा अध्यायन गरिरहेका शिशिरलाई दाँतवाट रक्तश्राव भएपछि पोखरामा जाँच गर्दा रक्त क्यान्सर देखा परेको थियो।उनको थप उपचारको लागि सिभिल अस्पताल काठमाण्डौ लगिएको उनका मामा खेम अर्यालले जानकारी दिए।
सिभिल अस्पतालले रक्त क्यान्सर पुष्टी गरेपछि उनको बोनम्यारो प्रत्यारोपणका लागि परिवारलाई रकम जुटाउन भनेपछि परिवारलाई थप चिन्ताले सताएको छ।शिशिरका बुवाआमा यतिवेला छोराको बोनम्यारो प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएपछि आफन्त र सहयोगी समक्ष गुहार मागेका छन्।लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र शिशिरको उपचारको लागि ४० देखि ५० लाखसम्म खर्च अनुमान गरेपछि उनका परिवारले सबैसंग सहयोगको लागि अपिल गरेका छन् ।
शिशिरका परिवार वालिङका सामान्य परिवार हुन्।उनका बावु आमा खेतीकिसान गर्ने कृषक हुन्।छोराको उपाचारका लागि आफूसंग भएको र आफन्तहरुसंग ऋण सहयोग मागेर १० लाख उपचारमा सकिसकेको उनकी आमा सीता पंगेनीले वताईन् । छोराको उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि देश तथा विदेशमा सहयोगी संघ संस्था र व्यक्तिसंग आग्रह गरेकी छु,सबैले सहयोग गरे छोराको ज्यानबच्ने आशामा छु भक्कानिदै सीताले सबैसंग अपिल गरिन
शिशिरको उपचारको लागिखर्च जुटाउन उनकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलीएको छ । उनका आफन्त र परिवारले यति वेला शिशिरलाई उपचारमा सहयोग माग्न सुरु गरेका छन् । उनको मुक्तिनाथ विकास बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ मा आर्थिक सहयोग गरि शिशिर पंगनीलाई बचाउन परिवारले अपिल गरेका छन् ।
शिशिरको उपचारको लागि पोर्चुगलवाट अर्जुन अर्याल,विपिन अर्याल लगायतले आर्थिक संकलन अभियान सुरु गरिसकेको जानकारी दिएका छन्।भने वालिङमा रहेका उनका परिवारले समेत आर्थिक सहयोग संकलन सुरु गरेको उनका काका वुद्धी पंगेनीले जानकारी दिए । शिशिरको उपचारको लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले आफ्नो फेसवुक पेजवाट शिशिरलाई आर्थिक सहयोग गरी उनको उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।