ट्रेन्डीङ्ग

बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

गुल्मी।गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक(एस पी) भीमबहादुर दाहालले बताए।

आफ्नै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए।पक्राउ परेका आरोपित पुरुष माथि अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?