

बर्दघाट।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको जगन्नाथपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बैजनाथ शर्मामाथी भएको कुटपिटमा संलग्नलाई नेपाल स्वास्थ्यकर्मी संघ नवलपरासीले कारवाहीको माग गरेको छ।
संघका अध्यक्ष बाबुराम तिमिल्सिनाका अनुसार शर्मालाई बिहिवार राति ९ बजेतिर आफ्नो क्लिनिक बन्द गरि घरमा फर्किदै गर्दा कुटपिट भएको बताउनु भयो।तिमिल्सिना भन्नूहुन्छ-“घर फर्किने क्रममा अपरीचित व्यक्तिहरुले कुटपिट गरि घाइते बनाएको हुदा हामिले तत्काल छानबिन गरि दोषी उपर कानुनी कारवाही होस भनी माग गर्दछौ।”
जनताको प्रत्यक्ष सेवामा खटिने स्वास्थ्यकर्मी माथि यस्ता घटनाहरु दोहोरिनुले स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने र नागरिकको सुरक्षामानै गम्भीर प्रश्न उठेको तिमिल्सिनाले बताउनु भयो।