ट्रेन्डीङ्ग

वडा सदस्यमा निर्वाचित शाहीले दिए राजिनामा

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट ९ बाट वडा सदस्यमा निर्वाचित बालिन्द्र बिक्रम शाहीले नैतिकताका आधारमा राजिनामा दिनु भएको छ ।

बर्दघाट नगरपालिका वडा न.९ को वडा सदस्य भई जिल्ला समन्वय समिति प्रमुख पदमा निर्वाचन लड्नु भएका शाही निर्वाचनमा पराजय भए पछि नैतिकताका आधारमा राजीनामा दिएको शाहीले बताउनु भयो ।

शाहीका अनुसार निर्वाचनको समयमा आम जनताहरू पार्टीको खोल ओढ्ने र एजेन्डा बोकी जनताबाट निर्बाचित भएका जनप्रतिनिधिहरू मतदाता रहेको संदर्भंमा नवलपरासी जिल्लाको जिल्ला समन्वय समितिमा जम्मा १४ मत रहेको र नेपालि कांग्रेस पार्टीले मलाई सर्वसम्मत टिकट दिई उम्मेदवार बनाएको अवस्था हुँदा नेपाली कांग्रेस र नेकपा माअओबादी केन्द्र समेतको गठबन्धन रहदा रहदै हामी गठबन्धन संग ८ मत हुँदा समेत पराजय हात परेको परिस्थितिमा म पार्टीको सिपाही भई पार्टीको नीति र विधि बिपरित मतदान गर्नेलाई छानबिन गरी दोषी उपर कारवाही होस् भनी नेपालि कांग्रेस पार्टीको जिल्ला अनुशाशन समितिलाई उजुरी दिएपनी कुनै सुनुवाइ नभएको र चित्त बुझ्दो जबाफ दिन नसकेको उहाले बताउनु भयो । उहाले भन्नूहुन्छ -“जनताबाट प्रत्यक्ष निर्बाचित जनप्रतिनिधिहरूमा नै राजनीतिक नैतिकता नदेखीएको यस परिस्थितिमा म वडा सदस्य पदमा बस्न मेरो नैतिकताले नदिने महसुस गर्दै यो राजिनामा पेश गर्दछु l”

सम्पुर्ण वडा बासीहरुलाई आभार प्रकट गर्नु भएका उहाले राजनीति नैतिकताको धार भन्दा बाहिर गएर समाजमा राम्रो संस्कार र सन्देस दिन नसकिने बताउदै उहाले पदमा नभएपनि समग्र वडा वासीलाई बर्दघाट नगरवासीका हकहित र सामाजिक अभियानमा संगै हातेमालो गर्ने बताउनु भयो ।
शाहीको राजिनामा आएको बताउदै बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले कानुनी रुपमा बुझेर मात्र राजिनामा स्वीकृत गर्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?