ट्रेन्डीङ्ग

पाल्हिनन्दन अस्पतालबाट डिजिटल एक्सरे सेवा सुभारम्भ

पाल्हिनन्दन।पश्चिम नवलपरासीको पाल्हिनन्दन अस्पतालबाट डिजिटल एक्सरे सेवा शुरु भएको छ।

पाल्हीनन्दन गाउपालिका-४ वडामा अवस्थित पाल्हिनन्दन अस्पतालमा आजदेखि डिजिटल एक्सरे सेवा सुभारम्भ भएको हो।

पाल्हिनन्दन गाउँपालिका,इन्द्रेणी सामाजिक बिकास मञ्च र युएमएन(UMN)को आर्थिक सहयोगमा पाल्हिनन्दन अस्पताललाई नमुना अस्पताल बनाउने योजना अन्तर्गत पाल्हीनन्दन अस्पतालमा डिजिटल एक्सरे सेवाको उद्घाटन एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले गरेका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले पाल्हिनन्दन अस्पताललाई सुविधा सम्पन्न नमूना अस्पताल बनाउन यस डिजिटल एअक्सरे सेवाले थप मद्दत गर्ने बताउनु भयो। पाल्हीनन्दन अस्पतालको व्यवस्थापन समितीको अध्यक्ष समेत रहेका गुप्ताले पाल्हिनन्दन गाउँपालिकाका जनता डिजिटल एक्सरे सेवा प्राप्त गर्न जिल्ला सदरमुकाम परासी जानु पर्ने समस्याको समाधान भएको तथा विस्तारै आगामी आर्थिक वर्षमा यस अस्पतालको थप स्तर उन्नती गर्ने लक्ष्य लिएको बताएका छन्।पाल्हिनन्दन अस्पताललाई सुबिधा सम्पन्न बनाउन पालिकाले आगामी आर्थिक वर्षमा एक करोड बजेट बिनियोजन गरेको प्रमूख प्रशासकिय अधिकृत श्री प्रसाद गौतमले बताए।उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी(सकिना),वार्ड नं-४ का अध्यक्ष रबिन्द्र साहनी,प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम,निमित्त मेडीकल सुपरीटेन्ड डा.राजकुमार गुप्ता,मेडिकल अधिकृत किरण गुप्ता लगायतका गाउँपालिकाका कर्मचारीहरु उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal