ट्रेन्डीङ्ग

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको नवौ साधारणसभा सम्पन्न

प्रीसा बस्नेत माघ १२ ताप्लेजुङ ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङ जिल्ला शाखाको नवौ साधारणसभा सदरमुकाम फुङ्लिङ स्थित पाथीभरा होटेलको सभाहलमा सम्पन्न भएको छ। उक्त सभामा प्रमुख अथिती नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजिव मिश्र ,महासंघ प्रदेश समिती अध्यक्ष बिक्रम लुइँटेल ,ताप्लेजुङ जिल्ला समन्वय समिती प्रमुख घनेन्द्र मादेन,प्रदेश सभा साम्सद बलबहादुर साम्शोहाङ ,नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुङ्गाना , आठराई त्रिवेणि गाउँपालिका प्रमुख विश्वनाथ सिटैला ,जिल्ला प्रहरी कार्यालय प्रमुख महेन्द्र कुमार श्रेष्ठ , साथै जिल्लामा रहेका विभिन्न कार्यालय प्रमुख र पत्रकारहरु को उपस्तिथि रहेको थियो ।सभाले सचीव रबिन भट्टराई र काेषाध्यक्ष ईन्द्र बजगाइले प्रस्तुत गरेको साङ्गठनिक र आर्थिक प्रतिबेदन पारित गरेको छ। फुङ्लिङ नगरपालिका स्थित निर्माणाधीन शाखाको भवनलाई निरन्तरता दिने ,पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गर्ने,श्रमजीवी पत्रकार ऎन कार्यान्वयनका लागी पहल गर्ने,पत्रकारिता पुरस्कार स्थापना गर्ने जिल्लामा कार्यरत पत्रकारहरूको बिमाका लागि पहल लगायतका योजना रहेको सचीव भट्टराईले बताउनु भयो ।
महासङले २०७५ बैशाख यता ३३ लाख ९५ हजार २५३ रुपैयाँको कारोबार गरेक छ। महासंघको हाल जिल्ला कार्यसमितीमा ६३ जना साधारण सद्स्य रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?