
रुपन्देही।रुपन्देहीमा बर्षासँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सियारी गाउँपलिका-२ का ४५ बर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्त्ता नवारंत्त पौडेलले जानकारी दिनु भयो ।
उहाका अनुसार मगलबार बिहान खेतमा काम गर्न गएका बरहीको चट्याङले लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए ।शवको परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।