
सुनवल।कृषि बिकास बैकको आयोजनामा वित्तीय शिक्षा तथा व्यवसायी सारक्षरता कार्यक्रम सुनवलमा सुभारम्भ भएको छ।
कृषि विकास बैंक शाखा कार्यलय परासीको आयोजना एवं दियालो कृषि सहकारीको समन्वयमा सुनवल नपा वार्ड नं ३ र ५ का कृषकहरूलाई”वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम”सुनवल-३ किर्तिपुरमा शुभारम्भ भएको हो।
सुनवल नगरपालिकामा रहेको दियालो कृषि सहकारी,जनसेवा कृषि सहकारी र श्रमजीवी कृषक समुहका २५/२५ जना गरि जम्मा ७५ जना महिला कृषकहरुलाई २२ सत्र(पाठ)सम्म वित्तीय शिक्षाको महत्त्व र व्यवसायमा वित्तीयको भुमिका बारेमा ज्ञान दिइने र कृषकलाई कृषि विकास बैकमा कर्जामा समेत सहज र न्यून व्याजदर कायम रहेको कृषि विकास बैंक परासी शाखाका वरिष्ठ प्रबन्धक एवं कार्यक्रमका अध्यक्ष भुवनेश्वर पाण्डेले जानकारी दिए ।बैदेशिक रोजगारीलाई मर्यादित बनाउन र विदेशमा जानेहरूलाई सिप,सुचना,कानुनी ज्ञान,न्यायमा पहुँच र बैदेशिक रोजगारीबाट आउने वित्तीय(रकम)को उचित व्यवस्थापन र मनोपरामर्श सेवाको बारेमा सामी परियोजनाले गर्दै आईरहेको काम र समग्र परियोजनाका स्वयमसेवक अमर नारायण चौधरी र पुरन अधिकारीले सहभागीलाइ जानकारी दिनुभएको थियो।
सुनवल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्रलाल तिवारी वडा नं ३ का वडा अध्यक्ष प्रवीण गुरुङ,दियालो कृषि सहकारीका अध्यक्ष विमल ढकाल,जनसेवा कृषि सहकारीका अध्यक्ष गोविन्द अधिकारी,श्रमजीवी कृषक समुहका अध्यक्ष भानुभक्त गौतम,कृषि विकास बैंक परासी शाखाका वरिष्ठ शाखा अधिकृत भगवती ढुङ्गाना लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन गिता पौडेलले गर्नु भएको थियो।