ट्रेन्डीङ्ग

सुनवल:पशुस्वास्थ्य प्राविधिक तह एकका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

सुनवल।पशुस्वास्थ्य प्राविधिक तह एकका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

युरोपियन युनियनको आर्थिक सहयोग ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता सिटिभिटिको साझेदारीमा देउराली जनता प्राविधिक शिक्षालय बुटवलद्वारा संचालित”स्वरोजगारको लागि साझेदारी परियोजना”अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा तीन महिने कक्षा संचालन भएको पशुस्वास्थ्य तह एकका प्रशिक्षार्थीहरुलाई सुनवलमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको हो।

लुम्बिनी प्रदेश पशुस्वास्थ्य सदस्य एवं दियालो कृषि सहकारी संस्थाका अध्यक्ष बिमल ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनवल नगरपालिका वार्ड नं ३ का वडा अध्यक्ष प्रवीण गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नं ५ का वडा अध्यक्ष नेत्रलाल तिवारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले कृषि र पशुपालन देशको अबको मुख्य पेशा र व्यवसाय नबन्दा सम्म देशको विकास एवं आर्थिक कायापलट नहुने जिकिर गर्दै सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र ग्रहण पश्चयात आफ्नो पशुपालन व्यवसायलाई दिगो बनाउन सहयोग पुग्ने र एग्रोभेट संचालनमा समेत ठूलो अवसर मिल्ने जानकारी गराउदै स्वरोजगारका लागि अहिलेका युवा युवतीलाई यस्तो तालिम अपरिहार्य रहेको बताएका थिए।

गत आर्थिक वर्षमा संचालन भएको सो तालिम पश्चयात सहभागी प्रशिक्षार्थीहरुले आफ्नो पशुको हेरचाहा र औषधी उपचार स्वयम् गर्दै व्यवसाय बढाउनुको साथै प्रशिक्षार्थीद्वय उत्तम कण्डेल र विवेक गुरुङले आफ्नै एग्रोभेट समेत संचालनमा ल्याइसकेको र यहि प्रगतिको मुल्यांकन गर्दै केही महिनाको अनुगमन पश्चयात प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमका अध्यक्ष विमल ढकालले जानकारी दिनुभयो ।

सुनवलमा दियालो कृषि सहकारी संस्थाको समन्वयमा संचालित उक्त तालिमले आफुहरुलाई CTVT लेवलको प्रमाणपत्र समेत प्रदान गरेको र अब आफुहरुसङ्ग सीप सङ्ग सङ्गै आवश्यक कागजात समेत रहेकोले स्वरोजगार बन्ने बाटो खुलेको प्रशिक्षार्थीहरुको धारणा रहेको थियो ।

कृषि र पशुपंछि पालन सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै सुनवल नगरपालिकाका कृषकहरुलाई सजग र सबल बनाउदै आइरहेको सुनवलमा अवस्थित दियालो कृषि सहकारी संस्थाले यस अघि पनि विभिन्न विषयमा कृषि र पशु पालन सम्बन्धि तालिमहरुमा समन्वय गर्दै यस क्षेत्रका कृषकहरुलाई कृषि क्षेत्रमै दिगो रूपमा लागिरहन सहजता प्रदान गर्दै आइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal