ट्रेन्डीङ्ग

अखिल(क्रान्तीकारी)रुपन्देहीको ७औ पूर्ण बैठक सम्पन्न

बुटवल।अखिल(क्रान्तिकारी)रुपन्देहीको सातौ पुर्ण बैठक सम्पन्न भएको छ।अखिल क्रान्तिकारी रुपन्देही जिल्ला संयोजक पदम पराजुलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण निर्णय सहित सम्पन्न भएको हो।

बैठकको प्रमुख अतिथि नेकपा रुपन्देही जिल्ला सेक्रेटरी बिश्वासले बैठकमा प्रशिक्षण मुलुक मन्तव्य राख्दै जुनसुकै आन्दोलनमा पनि बिद्यार्थी संगठन महत्त्वपूर्ण भुमिका रहेको भन्दै देश गम्भीर अवस्थामा रहेकोले बिद्यार्थी हरु सचेत वर्ग भएकोले निर्णायक भुमिका खेल्नुपर्ने बताए।

त्यसैगरि बैठकमा प्रशिक्षण मुलुक मन्तव्य राख्दै अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ रुपन्देही जिल्ला अध्यक्ष खगेन्द्र पौडेलले अहिले पनि धेरै विद्यार्थीहरु सडक पटेमा बेसाहारा भएर जीवन बिताउन बाध्य भएकोले तिनीहरुको न्यायको लागि आबाज उठाउनुपर्ने बताए।

साथै बैठकले रुपन्देही जिल्लाको बिद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याउने लगायतका महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal