
अर्घाखाँची।अर्घाखाँचीमा एक युवाले आत्महत्या गरेका छन्।जिल्लाको मालारानी गाउँपालिका-१ बसन्तुरका २० वर्षीय सरोज भुसालले आत्महत्या गरेका हुन्।
आइतबार बिहानै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय विनोद भुसालले जानकारी दिए ।
उनले छत्रदेव गाउँपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका थिए। घटना बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।