ट्रेन्डीङ्ग

कैलाशेश्वर शिवालय तथा १०८ शिवलिंग संरक्षण सस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिबेशन सप्पन्न

राज चौधरी माघ १० सुनवल ।
कैलाशेश्वर शिवालय तथा १०८ शिवलिंग संरक्षण सस्था सुनवल ४ शुभमनगरको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

अधिवेशनमा सस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिकाको नगर प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियोे भने संचालन सस्थाका सदस्य दयाराम भण्डारीले गर्नु भएको थियो ।उक्त कार्यक्रममा सुनपा वडा नं ४ का वडा अध्यक्ष बिर बहादुर गुरुङ्ग, उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, पुर्ब सुकुम्बासी आयोगको अध्यक्ष मन्सुभा पाण्डे , उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य,यज्ञ प्रसाद पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अवसरमा सुनवल ४ बस्ने क्यान्सर पीडित ६२ वर्षिय तिर्थराज उपाध्यायलाई मन्दिरको तर्फबाट रु ५ हजार र सुनवल नगर प्रमुख भिम बहादुर थापाको तर्फबाट रु ११ हजार नगद सहयोग हस्तान्तरण गरिएको थियो ।

सस्थाको दोस्रो अधिबेशनले गोपाल प्रसाद आचार्यको अध्यक्षमा ११ सदस्यीय सचालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा अशोक कुमार श्रेष्ठ , सचिवमा दयाराम भण्डारी , कोषाध्यक्षमा सबिता शर्मा त्यसैगरी सदस्यहरुमा राज कुमार क्षेत्री ,मनोहर लामिछने , लक्ष्मी प्रसाद पौडेल ,छबिलाल अर्याल ,रामु सुवेदी ,श्याम लाचार्य, पुतली पौडेल चयन हुनु भएको छ।

कैलाशेश्वर शिवालय तथा १०८ शिवलिंग संरक्षण सस्थाम दैनिक ८६ जना जेष्ठ नागरीक दिवा सेवा कार्यक्रम दिनभरि रमाइलो गर्दै भजन किर्तनमा दिन बितेको जेष्ठ नागरिकहरु बताउछ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?