
बुटवल।बर्खा यामलाई कृषकको लागि निकै महत्वपूर्ण र विशेष समय मानिन्छ।मानो रोपी मुरी फलाउने यस बेलामा खेतमा धान रोप्ने अनि त्यहि रोपाइको बेलामा नाचगान समेत गर्ने गरिन्छ वाली गीत गाउने गरीन्छ यसै बिच गायक रामचन्द्र चन्दको असारे गीत‘रनभुलैमा’ सार्वजनिक भएको छ ।
गीतमा गायक चन्द र गायिका पवित्रा सर्तुंगे मगरको स्वर रहेको छ।गीतमा प्रदिप प्रखर पोखरेलको मौलिक शब्द लेखेका छ भने गायक स्वयम् चन्दको संगीत रहेको छ ।
कलाकार सुभेक्षा रेग्मी,सन्जय पोखरेलको मुख्य भुमिका रहेको छ ।यस्तै भिडियोमा हरी कृष्ण राजथला,नुर भण्डारीको पनि अभिनय देख्न सकिन्छ।
गीत गायक चन्दकै अफिसियल युट्युव मार्फत सार्वजनिक भएको छ।