![](https://safalpost.com/wp-content/uploads/2021/01/received_744844639463639.jpeg)
माघ ९ परासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाल बन्दको पुर्व सन्ध्यामा पश्चिम् नवलपरासीको सुनवल नपामा मशाल जुलुस कार्यक्रम गरेको छ ।
नेकपाका केन्द्रिय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाको लगायत ४ नेता कार्यकर्ता गैरन्यायिक गिरफ्तारको बिरोध स्वरुप नवलपरासीमा मसाल जुलुस गरेको पार्टी निकट श्रोतले जानकारी दिएको छ ।
नेकपा नवलपरासीका नेता गम्भीरले उक्त कार्यक्रममा बोल्दै भोलिको बन्द सफल पार्न उद्योगी ,व्यापारी ,शिक्षक,विध्यार्थी,कर्मचारी ,नागरिक समाज,पत्रकार र अाम जन समुदायलाई सहयोग गर्न अपिल गरेका थिए गम्भीरले पार्टी आस्थाकै आधारमा नेताकार्यकर्ता पक्राउ गर्नु सरकारले देशमा अस्थिरता वातावरण सिर्जना गरेको नेताकार्यकर्ता बिनासर्त यथाशीघ्र रिहाई गर्न आग्रह गरेका थिए ।