ट्रेन्डीङ्ग

देश एकताबद्ध नहुने हो भने नेपालको अस्तित्वनै समाप्त हुने खतरा छ:रामलाल

काठमाडौ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य रामलाल बिश्वकर्माले नेपालका देशप्रेमी,सच्चा देशभक्त एबम सचेत नागरिकहरु एकजुट भएर एमसिसी र एसपिपी विरुदको संघर्षमा एकजुट नहुने हो भने देशको स्वतन्त्रता,स्वाधिनता र सार्वभौमिकतानै समाप्त हुने खतरा रहेको बताउनु भएको छ।मुलुकमा बढ्दै गैरहेको चर्को मुल्यवृदी र महङ्गी विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी घोषणा गरेको प्रदर्शन अन्तर्गत काठमाडौको इन्द्रचोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य विश्वकर्माले यस्तो कुरा बताएका हुन।

देश रास्ट्रघात र जनघातको दिशामा फस्दै गएको छ महिनामा पटक पटक भैरहेको मूल्य वृद्धिले यतायात क्षेत्र र दुवानिको मूल्य वृद्धि गर्छ त्यसले हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भयको देशमा नागरिकले उपभोग गर्ने दैनिक उपभोगजन्य वस्तु र सेवाहरुको पनि मूल्य वृद्धि गर्छ र अन्ततःजनताको समग्र जिवनस्तर नै संकटमा पर्दै जान्छ, उनले भने,यसरी नै मूल्य वृद्धि हुँदै जाने हो भने जनताहरु कसरी बाच्छन, हामिले हाम्रो देशलाई कृषि प्रधान देश त भनेका छौ तर सम्पुर्ण कृषिजन्य सामानहरु आयात नगर्ने हो भने चुलो बल्नै सकिदैन,यो सम्स्याको मुख्य कारण भनेको हाम्रो अर्थतन्त्र स्वाधीन भएन , दलाल भयो ।यदि हामी यसको दीर्घकालीन समाधान चाहान्छौ भने दलाल पुजिबादको अन्त्य र रास्ट्रीय पुजिको बिकासका लागि साझा आन्दोलन निर्माण गर्ने दिशामा अगाडि बढ्न जरुरी छ,उनले थपे।

आइतबार काठमाडौको सुन्धारास्थित धरहराबाट शुरु गरियको जनप्रदर्शन इन्द्रचोकमा समापन गरियको थियो, कार्यक्रको सञ्चालन नेकपाका नेता नैन बहादुर शाहिले गरेकाथिए भने प्रदर्शनमा केन्द्रिय सदस्य चिरन पुन,बन्धु चन्द,अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही,गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर लगायतका नेताहरुको उपस्थित रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal