ट्रेन्डीङ्ग

जनगणतान्त्रिक सम्पर्क मञ्च काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौ । विप्लव नेतृत्वको नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ l

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सचिव खेम प्रधान,केन्द्रिय सदस्य प्रतिक अधिकारी लगाएत जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका नेता तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सचिव खेम प्रधानले सरकारको नालायकिपनक, गैरन्यायिक गिरफ्तारी,दमन,धरपकड,भ्रष्टाचार, ब्यापारीकरण,माफियाकरणका विरुद्ध सशक्त रुपले प्रतिकारमा उत्रिन अपिल गर्दै राज्यले दमन,धरपकड नरोके आफुहरु कडा प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट हुन आउने क्षतिको जिम्मेवारी यो कठपुतली सरकार हुने चेतावनी दिनुभयो।

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सदस्य प्रतिक अधिकारिले नेपाल बन्दलाई सफल पार्न सम्पुर्ण मुक्तिकामि न्याय प्रेमि जनसमुदायमा सहयोग,समर्थनका लागि सबैमा अपिल गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal