
काठमाडौं।इन्डोप्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम कर्पोरेसन च्यालेन्ज(एमसिए)लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनता माथि अमेरिकी हस्ताक्षेप तिव्र रुपमा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नेपाल स्थित एमसिसीको कार्यालय घेराउ गर्ने जनाएको छ।
नेकपाका प्रवक्ता प्रकाण्डद्वारा गत २३ जेष्ठ २०७९ मा जारी प्रेस विज्ञपति मार्फत जेष्ठ ३० गते दिउँसो १२ बजे दरबार मार्ग स्थित याक एण्ड यति होटेलमा रहेको एमसियको कार्यालय घेराउ गर्ने कुरा बताइयको हो।
पछिल्ला केही दशकयता चिनियाहरुले आफ्नो देशको बिकास लाई सवै सुचकका दृस्टिले निरन्तर अगाडि बढाउदै लगेपछी चिनको प्रभाव विश्व राजनीति र अर्थतन्त्रमा बढ्दै गयको छ भने चिनियाँ क्रान्ति सम्पन्न भयको सतवार्सिकी २०४९ सम्म चिनलाई बिकासका सबै मापदण्डका आधारमा बिश्वको पहिलो नम्बरमा बदल्ने चिनिया कम्युनिस्ट पार्टिको योजना छ भने अर्काेतिर सोभियत संघको विघटन र पुर्वी युरोपमा समाजवादी सत्ताहरुमा पुजिवादको पुनर्स्थापना भयपछी एक धुर्विय महाशक्तिको रुपमा रहेको अमेरिकी व्यवस्थामा आर्थिक,राजनीतिक,सामाजिक र सास्कृतिक संकटहरु अझ बढी जटिल हुँदै गैरहेका छ्न।
बढ्दो सार्वजनि रीण,धनी र गरिब विच सम्पातिको वितरणमा भएको भारी असमानता र अमेरिकी लोकतन्त्रमा देखियका समस्याहरूका कारण उत्पन्न संकटलाई टार्न अमेरिकाले जसरी पनि चिनलाई घेर्ने,चिनको फैलावट लाई संकुचन गर्ने र मुडभेट गर्ने उसको विदेश नितिको भाग अन्तर्गत हिन्द प्रशान्त रणनीति र त्यसको अंग एमसिसी लाई आगाडी ल्यायको हो।
नेपाल जस्तो सार्वभौम र स्वतन्त्र देश,जसको विदेश निति अन्तर्गत असङ्लग्नता समेत पर्छ,चिनलाई घेर्ने अमेरिकी योजनामा आफ्नो भुमिको प्रयोग गर्न दिनु वा कसैको स्वार्थमा नेपालको रास्ट्रहितको सौदावाजी गर्नु दीर्घकालीन हिसाबले प्रतिउत्पादक साबित हुने कुरा निश्चित छ। नेपालको संसदले मसिसी पास गरे पछि अमेरिकी विदेश सहायक मन्त्रीद्वारा भुटानी शरणार्थी शिविरको भ्रमण गर्,हिन्द प्रशान्त क्षेत्रका अमेरिकी सैन्य कमाण्डरको नेपाल भ्रमण,प्रधानमन्त्री देउवाको आशन्न अमेरिका भ्रमणको तयारी र केही समय पहिले युक्रेन संकटबारे रुस बिरुद्द युक्रेनको पक्षमा दियको समर्थन लगायतका गतिविधिहरु तिव्रतामा बढ्नु निकै सोचनिय विषय हो। मुलुकमा भ्रस्टाचार,महङ्गी मूल्य वृद्धि,वन्दिहरुको रिहाइ,बिदेशी साम्राज्यवादी सैन्य हस्तक्षेप बिरुद्द र देशको सार्वभौमिकताको रक्षाका लागि नेपाल कम्युनिस्ट पार्टीले बिरोध प्रदर्शन,घेराउ र मशाल जुलुस सहितका संघर्सका कार्यक्रम घोषण गरेको छ।