ट्रेन्डीङ्ग

विप्लव नेकपा नेता बास्तोला पक्राउको बिरोधमा कालिकोटमा जनप्रदर्शन

माघ ७ कालिकोट ।
विप्लव नेकपा कालिकोटले केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको पक्राउ बिरुद्द जनप्रदर्शन सहित बिरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको राष्कोट माल्कोट भर्ता खिन र बदालकोटमा कार्यक्रम सम्पन्न गरेकोछ । यसै क्रममा पलाता गाउपालिकाको कार्यक्रमलाई जिल्ला सेक्रेटरी एबं कर्णाली ब्युरो सदस्य क रणदिपले सम्बोधन गर्नु भएको छ । उक्त कार्यक्रममा बोल्दै अहिले सम्म अाफ्नो पार्टी ले लडेको राजनिती लडाई नै केपी सरकार र दलाल संसदिय ब्यबस्था ढाल्न काफी भएको धारणा राख्दै बाकी अबशेस सिध्याउन फौजिलडाई जरुरी नभएको र राजनिती लडाईलेनै ब्यबस्था परिबर्तन गरेरै छाड्ने दाबी गर्नु भयो । राजनिती लडाईबाट आत्तिएर दमनमा उत्रिएको दलाल सरकारले आफ्ना नेताकार्यकर्ता गिरप्तार धरपकट र दमन गर्नु अतास मनस्थितीको उपज भएकोले बिना सर्त रिहा गर्न माग गर्नु भयो ।

उक्त कार्यक्रम यरिया ईन्चार्ज दिलमानको सभापतित्व रहिएको थियो भने सयौ नेता कार्यकर्ताले सरकार बिरुद्दका नारा लेखिएको प्लेकार्ड सहित सभामा परिणत भएको जनकारी सचिव बिनोद बिष्टले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal