
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्।
शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन्। भेटमा साहको प्रचण्डले प्रशंसा गरेका थिए। आउँदा दिनमा समन्वय गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको प्रचण्डले बताएका थिए।
काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन्।
यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।