
सुनवल।सुनवल नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई आज एक कार्यक्रमका विच प्रमाण पत्र वितरण गरिएको छ।बैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुबाट सुनवल नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरुलाई सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले प्रमाण पत्र वितरण गर्नुभएको छ।
सुनवल नगरपालिकाको निर्वाचन कार्यालयमा कार्यपालिका महिला सदस्यहरु सिता भण्डारी,भूमिकला शर्मा,सिता तिमिल्सिना, जुठीमाया पुन,भगवती बस्याल साथै दलित,अल्पसंख्यक सदस्यहरु मुकेश बेल्दार,मायादेवी कुमाल र बिनोद कुमार टोमटा खाती लगायतलाई प्रमाण पत्र वितरण गरिएको हो।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम नगर प्रमुख बिमला अर्यालल सुनवल नगरबासीको स्वास्थ्य संग जोडिएको स्वच्छ पिउने पानी उपलब्ध गराउने हेतुले आफनो पहिलो निणर्य ५ हजार लिटर पानी निशुल्क उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखी आजै मात्र सुनवल नगरपालिका वडा नम्बर १२ मा डिप बोरीङको लागी भुमि पुजन गरिएको र सो कार्य छिटै संचालनमा आउने बताउनुभयो।उहाले सबैको साथ र सहयोग भएमा मात्र समृद्व सुनवल सुखी सुनवलबासी बनाउन सहज हुने र बिकास निर्माणका काम हरु छिटै पुरा हुने बताउनुभयो।
यस्तै कार्यक्रमका अध्यक्ष एवम सुनवल नगर निर्वाचन अधिकृत लिलाधर अधिकारीले आजको प्रमाणपत्र वितरण पश्चात निर्वाचनका औपचारिक कार्यक्रमहरु सुनवल नगरमा समाप्त भएको बताउदै नबनिर्वाचित सम्पुर्ण पदाधिकारीहरु लाई बधाई एवम सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन प्रक्रियामा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश कमिटी सदस्य थान प्रसाद गैरे,जिल्ला कमिटि उपाध्यक्ष डोलराज भण्डारी,नगर अध्यक्ष दुर्गा नारायण सुवेदी लगायतको उपस्थित रहेको थियो ।