ट्रेन्डीङ्ग

काठमाडौँ महानगरको नगर सभा बैठक लाइभ गर्ने मेयर बालेन साहकाे निर्णय

काठमाडौ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबहाली गरेका छन्। राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे पनि साहले महानगरपालिकाको कार्यालयमा गएर पदबहाली गरेका हुन्।
उनले आजको पहिलो नगर सभाको बैठक लाइभ पनि गरेका छन्। आफ्नो चुनावी प्रतिबद्धताअनुसार नगर सभाको बैठक लाइभ गरिने साहले जानकारी दिए।

जनप्रतिनिधिले गर्ने निर्णय पारदर्शी हुनुपर्ने र नागरिकले थाहा पाउनुपर्ने भएकाले बैठक लाइभ गरिने उनको भनाइ छ। यस्तै मेयर साहले काठमाण्डौको फोहर व्यवस्थापन नगरेसम्म खुसी नमनाउने र फूलमाला तथा खादा नलगाउने पनि बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal