ट्रेन्डीङ्ग

नवलपरासीका लागि ३ अर्ब १ करोड १६ लाख रुपैया बिनियोजन

परासी।पश्चिम नवलपरासीका लागी संघीय सरकारले ३ अर्व १ करोड १६ लाख रुपैया बजेट बिनियोजन गरेको छ।आगामी आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका ७ पालिकामा सो बजेट बिनियोजन गरेको हो।

७ पालिका मध्ये सबैभन्दा बढी बजेट रामग्राम नगरपालिकाले पाएको छ।रामग्राम नगरपालिकाले संघीय सरकारद्धारा ५६ करोड ९ लाख बजेट पाएको छ।यस्तै बर्दघाट नगरपालिकाले ५३ करोड १४ लाख र सुनवल नगरापलिकाले ४८ करोड ५९ लाख बजेट पाएको छ।

यस्तै प्रतापपुर गाउँपालिकाले ४२ करोड २७ लाख,पाल्हिनन्दन गाउपालिकाले ३५ करोड १३ लाख, सरावल गाउपालिकाले ३५ करोड २ लाख र सुस्ता गाउँपालिकाकाले ३० करोड ९२ लाख बजेट पा्रप्त गरेको छ।

७ स्थानिय तह रहेको जिल्लामा सबै भन्दा कम बजेट भने सुस्ता गाउँपालिकाले पाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?